काठमाडौं-नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल महोत्तरीका अधिकांश नेता प्रेस चौतारी नेपालमा समाहित भएका छन्।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय सदस्य सुनिता कुमारी र जिल्ला अध्यक्ष धनबीर महतोसहित जिल्लामा रहेका सवै नेताहरु सोमवार नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालमा समाहित हुनुभएको हो।
प्रेस सेन्टरबाट प्रेस चौतारीमा समाहित हुनेमा नेपाल पत्रकार महासंघ महोत्तरी सचिव राजकरण महतो र प्रेस सेन्टर मधेस प्रदेशका सचिव एवं महासंघ महोत्तरी सहसचिव रामनारायण महतोसहित दुई दर्जन पत्रकार रहनुभएको छ।
उहाँहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले खादा लगाएर संगठनमा स्वागत गर्नुभयो। सो अवसरमा स्थायी कमिटी सदस्य एवं प्रेस चौतारीका इञ्चार्ज राजेन्द्र गौतम र नेकपा एमाले मधेश प्रदेशका इञ्चार्ज लीलानाथ श्रेष्ठसमेत उपस्थित रहनुभएको थियो। माओवादी निकट प्रेस सेन्टर त्यागेर प्रेस चौतारी प्रवेशहरुमा महोत्तरी र धनुषाका चर्चित पत्रकार रहेका छन्।
प्रेस चौतारी प्रवेश गरेपछि सवै नेताहरुले महोत्तरी, धनुषासहित अव मधेश प्रदेशमा प्रेस सेन्टरमा रहेका सवै सक्रिय पत्रकारलाई संगठनमा आवद्ध गराउने बताउनु भयो। ‘माओवादी नेताहरुले पत्रकारलाई दासको जस्तो ब्यवहार गर्ने र स्वाभिमानमाथि खेलवाड गर्ने गरेको कारण प्रेस सेन्टरका मधेशमा रहेका सवै इमान्दार पत्रकार प्रेस चौतारी र नेकपा एमालेमा आवद्ध हुन चाहिरहेका छन्। हामी अव सवैलाई संगठित गर्दै अघि बढछौं,’ प्रेस चौतार प्रवेश गरेपछि उहाँहरुले भन्नुभयो।
कार्यक्रममा एमाले महासचिव पोखरेलले सही बेला सही संगठन र पार्टी रोजेको भन्दै अव नेकपा एमालेको बिकल्प नरहेको तथा माओवादीको भविश्य नरहेको बताउनुभयो। एमालेम धेश प्रदेशका इञ्चार्ज लीलानाथ श्रेष्ठले पार्टीकोतर्फबाट उचित संरक्षण र सहयोग हुने भन्दै निर्धक्क भएर पत्रकारिता गर्न तथा प्रेस चौतारीलाई मधेशमा सवै एक हुँदा पनि पराजीत गर्न नसक्ने अवस्था बनाउन सुझाव दिनुभयो।
यस्तै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले श्रमजीविसहित बाम, प्रगतिशील र देशभक्त पत्रकारहरुको साझा घर प्रेस चौतारी नै रहेको तथ्य राख्दै सही समयमा सही निर्णय गरेको बताउनु भयो। बस्नेतले नवप्रवेसीलाई उचित जिम्मेवारी दिइने जानकारी पनि गराउनु भएको थियो।
प्रतिक्रिया