अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान पुनरावलोकन गर्ने समय भयो: प्रदीप ज्ञवाली

संविधान पुनरावलोकन गर्ने समय भयो: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संविधान जारी भएको १० वर्ष हुन लागेकोले पुनरावलोकनको लागि छलफल गर्ने बेला भएको बताउनुभएको छ।

नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले मंगलबार आयोजना गरेको संविधान कार्यान्वयनको १० वर्ष: अनुभव, चुनौती र अबको बाटो विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले १० धेरै लामो अवधि नभए पनि यस बिचमा धेरै महत्पूर्ण यात्राहरू तय भएका बताउनुभयो। अहिले सरसर्ती हेर्दा संविधान जारी गर्दाको जस्तो उत्साह नदेखिएको उहाँको भनाइ छ।

संविधानको आधारभूत जगका बारे पनि असहमति राख्नेहरूको स्वर पनि सुनिन लागेको देखिएको उहाँले बताउनुभयो। संविधानको अपनत्व जगाउनको लागि त्यसको कार्यान्वयनको पाटोको समेत समीक्षा गरेर अघि बढ्ने बेला भएको उहाँले स्पष्ट पार्नुभयो। ‘संविधानका केही व्यवस्थामा हरेक १०/१० वर्षमा पुनरावलोकनको व्यवस्था संविधानले नै गरेको छ’, उहाँले भन्नुभयो।

अहिले उठिरहेका प्रश्नहरू संविधानका कारणले, त्यसको कार्यान्वयनमा देखिएको कमजोरीका कारणले वा पात्र र प्रवृत्तिका कारण हुने भन्ने विषयमा पनि समीक्षा गर्नुपर्नेमा ज्ञवालीले जोड दिनुभयो।

लैङ्गिक समावेशिताका दृष्टिले नेपाल निक्कै राम्रो अवस्थामा रहेको उहाँले बताउनुभयो। तर त्यो जसले पाउनु पर्ने त्यो अधिकार उनीहरूले नपाएर नेताहरूको तजबिजमा भर पर्‍यो भन्ने गुनासो पनि त्यतिकै आएको ज्ञवालीले बताउनुभयो।