अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता, तीन घाइते

सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता, तीन घाइते


काठमाडौँ-बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्। बझाङको दुर्गाथली गाउँपालिका-२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

बझाङ प्रहरीका अनुसार बेपत्ता हुनेमा ट्याक्टर चालक जाजरकोट भेरी नगरपालिकाका सञ्जय बुढा र सोही ठेगाना भएका लोकेन्द्र घर्ती रहेका छन्। 

ट्याक्टर खसेर सेतीमा ट्याक्टर खस्दा घाइते भएका जाजरकोट त्रिवेणी नलगाडका हेमराज विक, तपेन्द्र विक र नीरज विकको स्थानीय अस्पतालमा उपचारपछि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले जनाएका छन्।