अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीद्वारा नवनिर्वाचित प्रदेश संसदीय समितिका सभापतिहरुलाई बधाई

कोशीका मुख्यमन्त्री कार्कीद्वारा नवनिर्वाचित प्रदेश संसदीय समितिका सभापतिहरुलाई बधाई


विराटनगर-कोशी प्रदेशका नवनिर्वाचित प्रदेश संसदीय समितिका सभापतिहरुलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई ज्ञापन गर्नुभएको छ।

लामो समयदेखि सभापति चयन हुन नसकिरहेको अवस्थामा मुख्यमन्त्री कार्कीकै पहलमा समितिका सभापतिहरु चयन भएका थिए। ७ समितिमध्ये ३ समितिमा नेपाली कांग्रेस, ३ मा नेकपा एमाले र एउटा समितिमा माओवादी केन्द्रले सभापति लिएको छ। गत २८ गते समितिको सभापतिमा निर्वाचित भएका हुन्। त्यस्तै एमालेका सचेतक ललिता चौधरीलाई उहाँले बधाई दिनुभयो। उहाँहरुलाई बधाई दिँदै मुख्यमन्त्री कार्कीले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।   

संसदीय समितिमा एमालेको तर्फबाट प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा होमबहादुर थापा, न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल र उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा रामदेव यादव निर्वाचित हुनु भएको छ।

नेपाली कांग्रेसबाट सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद राई निर्वाचित हुनु भएको छ।  सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रबाट राजन किराँती निर्वाचित हुनुभएको छ। दलहरुबीचको सहमतिमा सबै समिति सभापतिहरु सर्वसम्मत निर्वाचित हुनुभएको हो।