अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत


विराटनगर-कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ। दुई तिहाई मतसहित उहाँले बिश्वासको मत प्राप्त गर्नु भएको हो।

बुधबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। त्यस्तै नेकपा एसका २ जनाले मतदान गरेनन्। आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए।

नेकपा माओवादी केन्द्रको समर्थनमा वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते प्रदेश सभाबाट विश्वासको मत लिनु भएको थियो। गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज पुन:विश्वासको मत लिनुपरेको हो।

सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते कोशी सरकारबाट बाहिरिएको माओवादी केन्द्रले भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिएका हुन्। सरकारमा सहभागी दलले विश्वासको मत फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

९३ सदस्यीय कोशी प्रदेश सभामा विश्वासको मतका लागि ४७ जना सांसद आवश्यक पर्थ्यो।

कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन्। प्रदेश सभामा विश्वासको मतका लागि ४७ जना सांसद आवश्यक पर्थ्यो। नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ प्रदेश सभा सदस्य छ्न्। कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार छ।