अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतको अनुमति

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतको अनुमति


काठमाडौं-जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।

विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनालविरूद्ध पनि पुर्जी जारी भएको हो। प्रसाईंले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको कारण प्रहरीको साइबर ब्युरोले पक्राउको अनुमति मागेपछि पक्राउ पुर्जी जारी भएको हो।

ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।