अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्यालय पुग्यो सहकारी संसदीय छानबिन समितिको प्रतिवेदन

प्रधानमन्त्री कार्यालय पुग्यो सहकारी संसदीय छानबिन समितिको प्रतिवेदन


काठमाडौं-सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको छ।

सहकारी समितिले सदनमा प्रतिवेदन बुझाएको दुई दिनपछि प्रधानमन्त्री कार्यालय पुगेको हो। ‘प्रतिवेदन आज आइपुगेको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले बताए। 

छानबिन समितिका सभापति सूर्य थापाले भदौ ३१ गते संसद्मा प्रतिवेदन पेस गर्नुभएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिनुभयो।