अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा


काठमाडौँ-सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ। 

बुधबार सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइएको हो ।

गत भदौ २३ गते कांग्रेस-एमाले नेतृत्वले सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र  प्रवक्ता प्रकाशरण महत हुनुहुन्थ्यो। यस्तै एमालेबाट उपमहासचिवद्वय विष्णु रिमाल र प्रदीप ज्ञवाली हुनुहुन्थ्यो।

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन, सुशासन, अर्थव्यवस्था लगायत विषय समावेश गरिएको कार्यदलको सदस्य डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्तासहकार्य गर्ने सहमति भएको थियो। असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो।