अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ पुस्तालाई जानकारी दिन ‘सेल्टर’ पुस्तक प्रकाशन गर्दै एमाले

नयाँ पुस्तालाई जानकारी दिन ‘सेल्टर’ पुस्तक प्रकाशन गर्दै एमाले


काठमाडौं-सत्तारुढ दल नेकपा एमालेले कष्टकर भूमिगत जीवनका आदर्शबारे नयाँ पुस्तालाई जानकारी गराउन ‘सेल्टर’ शीर्षकको अनुभूति सङ्ग्रह प्रकाशन गर्ने तयारी गरेको छ।

एमालेले आगामी निर्वाचनबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना तयार पारेको छ। २०८४ मा सम्पन्न हुने आम निर्वाचनमार्फत पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित एक वर्षे कार्ययोजना बनाएको नेकपा एमालेले बनाएका कार्ययोजनाहरु कार्यान्वयन गर्न सबै तहका पार्टी कमिटीलाई सर्कुलर गरिसकेको छ।

एमाले सचिवलय बैठकले महासचिव शंकर पोखरेलले तयार पारेको कार्ययोजना पारित गरेको थियो। महासचिव पोखरेलले हस्ताक्षर गरेर भदौ ३१ पार्टी कमिटी र नेता कार्यकर्ताहरूलाई पठाएको १८ बुँदे कार्ययोजनाको १६ नम्बरको (घ) बुँदामा ‘शेल्टर’ शीर्षकको अनुभूति सङ्ग्रह प्रकाशनको गर्ने भनिएको छ।

महासचिव पोखरेलद्वारा जारी, ‘पार्टीले तय गरेको कष्टकर भूमिगत जीवनका आदर्शबारे नयाँ पुस्तालाई जानकारी गराउन ‘शेल्टर’ शीर्षकको अनुभूति सङ्ग्रह प्रकाशनको तयारी गरिएको छ। कष्टपूर्ण भूमिगत जीवन व्यतित गर्नुभएका कमरेडहरूलाई आफूले भोगेका अविस्मरणीय घटनासहित संस्मरण लेख्ने काम शुरु भइसकेको छ।’ कार्ययोजनामा उल्लेख छ।

पुस्तक लेखनको कामलाई यसै वर्ष सम्पन्न गरी २०८२ वैशाख १० गते सार्वजनिक गर्ने तयारी गरेको कार्ययोजनामा उल्लेख गरेको छ। 

पुस्तकको संयोजन पार्टी उपमहासचिव  प्रदीप ज्ञवालीले गर्नुहुने जनाएको छ।