अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो: मुख्यमन्त्री कार्की

नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकास गर्दै संवृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न सबै एकजुट हुनु पर्ने बताउनुभएको छ।

आज कोशी प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले  संविधानको पूर्ण कार्यान्वयनबाट सङ्घीयतालाई बलियो बनाउँदै मुलुकलाई आर्थिक सम्वृद्धितर्फ लैजानु पर्ने धारणा राख्नु भयो।  उहाँले भन्नुभयो- ‘मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ।’

लामो सङ्घर्षपछि संविधान सभाले विश्वकै उत्कृष्ट संविधान बनाएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘नेपाली जनताको संघर्ष र बलिदानको माध्यमबाट बनेको यो नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता हो।’

उहाँले कतिपय सन्दर्भमा संविधानका केही विषयमा प्रश्नहरु उठ्ने गरेका चर्चा गर्दै त्यस्ता विषयहरु आम सहमति, सहकार्य र एकताको माध्यमबाट संविधानको मूलमर्मलाई जोगाएर टुंग्याउनु पर्ने धारणा राख्नुभयो। प्रदेशलाई समृद्ध  र बलियो बनाउनका लागि आवश्यक पहलकदमी लिँदै संघीय सरकारसँग समन्वय गरिरहेका उहाँले बताउनुभयो। देशका दुई ठुला राजनीतिक शक्तिहरुबीचको सहकार्यबाट पनि नागरिकहरुमा उत्साह छाएको मुख्यमन्त्री कार्कीले बताउनुभयो।

स्वच्छ, समुन्नत र सुखी प्रदेशबासीको दीर्घकालीन प्रादेशिक सोचलाई पूरा गर्ने सङ्कल्पका साथ कोशी प्रदेश सरकार अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न,राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन र राजनीतिक स्थिरता प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।