अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन: राष्ट्रपति पौडेल

अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन: राष्ट्रपति पौडेल


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताउनु भएको छ। बिहीबार शीतल निवासमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निराश बन्ने समय नभएको बताउनु भएको हो।

राष्ट्रपति पौडेलले अहिलेको समय एकताबद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताउनुभयो। उहाँले आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताउनु भयो। उहाँले बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताउनु भयो। उहाँले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहीन बनाएको बताए । उनले भ्रष्टाचारमा शून्य सहनशीलतालाई कडाइका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘आजका दिनमा हामीले भ्रष्टाचारमा शून्य सहनशीलतालाई कडाइका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ। अतः हामी उत्साह र उमंगमा संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बालौँ। किनभने यो निराश बन्ने समय होइन। यो हामीबिच आरोप, प्रत्यारोप गर्ने समय होइन। यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन । यो एकताबद्ध हुने समय हो। यो आफैँप्रति विश्वस्त हुने समय हो।’

राष्ट्रपति पौडेलले मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा राज्यलाई अझै लोकतान्त्रिक र जनमुखी बनाउनुपर्ने बताउनु भयो। राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न आवश्यक रहेको बताउनु भयो।