अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने नै संलग्न देखिए: समिति

गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने नै संलग्न देखिए: समिति


काठमाडौं-सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदनले गोर्खा मिडियामा रवि लामिछानेले नै कारोबार गर्ने गरेको निष्कर्ष निकालेको छ। 

प्रतिनिधि सभामा पेस गरिएको समितिको प्रतिवेदनमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख भएपनि लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको उल्लेख गरिएको छ। 

समितिले प्रतिवेदनमा भनेको छ, ‘तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले आर्थिक कारोबारमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्न गरेको पाइएको छ।’ समितिले १६ वटा कारोवारका विवरणहरु नै प्रतिवेदनमा समावेश गरेको छ, जसमा कुल २३ करोड ७९ लाखको कारोवार भएको देखिन्छ।

समितिले १६ वटा कारोवारका विवरणहरु नै प्रतिवेदनमा समावेश गरेको छ, जसमा कुल २३ करोड ७९ लाखको कारोवार भएको देखिन्छ।