काठमाडौँ-सहकारीको बचत अपचलन गरेर २९ जना फरार भएको सहकारी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। सूर्य थापा नेतृत्वको समितिले सहकारीको पैसा ठगेर जीबी राई मलेसियामा रहेको प्रतिवेदनमा लेखेको छ। फरार भएकै कारणले उनीसँग बयान लिन नसकिएको समितिको प्रतिवेदनमा उल्लेख छ।
यसबाहेक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन‚ ज्योति गुरुङ‚ दीपक थापा लगायतका व्यक्ति फरार रहेको समितिले प्रतिवेदनमा लेखेको छ। फरारको सूचीमा रहेका उनीहरूलाई उपलब्ध गराइदिन समितिले सरकारलाई निर्देशन दिएको प्रतिवेदनमा लेखिएको छ।
प्रतिक्रिया