अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोरुङ्गछविसे आमा-छोरा हत्या प्रकरण

उदयपुरमा छिमेकीबाटै आमाछोराको हत्या

उदयपुरमा छिमेकीबाटै आमाछोराको हत्या


उदयपुर-उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेका आमा-छोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।
कारिब १५ दिन लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजानिक गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक हरीहर नाथ योगीले ‘घटनाको सुक्ष्म अध्ययनपछि प्रहरीले आमा-छोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल भएको बताउनु भयो।

गत भदौ २० गते बिहान पसल भएको घरमा मृत अवस्थामा फेला परेका आमा छोराको हत्या स्थानीय ३२ बर्षको तारा बहादुर मगरबाटै भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

अभियुक्त तारा बहादुर मगरले धारिलो हतियार प्रयोग गरी घाँटी तथा शरीरको अन्य भागमा समेत प्रहार गरी विभत्स तरिकाले कर्तब्य गरी हत्या गरेको व्यहोरा खुलेको र प्रतिवादी मगरको नाममा किटानी जाहेरी दरखास्त समेत परेको हुँदा प्रतिवादीलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी हरिहर नाथ योगीले जानकारी दिनु भयो ।

भदौ २० गते बिहान आमा-छोराको हत्याको खबर आएपछि घटना सम्बन्धमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक राजन चापागाईको नेतृत्त्वमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतको प्रहरी टोली घटनास्थलमा खटी आवश्यक अनुसन्धान पश्चात वारदातमा संलग्न रहेका अभियुक्त तारा बहादुर मगरलाई पक्राउ गरी थप अनुसन्धान कार्य अघिबढाएको प्रहरीले जानकारी दिएको छ।

कटारी नगरपालिका १० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उहाँका ६ वर्षीय छोरा आरुसलाई आरोपितले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। श्रीमान् अशोक थापा ३ वर्षअघि गाउँकै राई थरकी एक महिलासँग दोस्रो बिवाह गरेर भारतको राजस्थान पलायन भएका कारण निर्मला गाउँमै सामान्य होटल र किराना पसल चलाउँदै छोरासँग बस्दै आउनु भएको थियो।