अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्वारा लिखु तामाकोसीका पहिरो पीडितलाई आर्थिक सहयोग

एमालेद्वारा लिखु तामाकोसीका पहिरो पीडितलाई आर्थिक सहयोग


रामेछाप-रामेछापको लिखु तामाकोसी गाउँपालिका-५ भालुखोपका पहिरो पीडितलाई नेकपा एमाले लिखु तामाकोसी गाउँपालिका कमिटीले आर्थिक सहयोग गरिएको छ। 

गाउँपालिका कमिटी अध्यक्ष केबी पौडेलको नेतृत्वमा सहयोग सङ्कलन गरी पहिरोबाट अति प्रभावित तीन घर परिवारलाई ९ हजारका दरले २७ हजार रुपैयाँ उपलब्ध गराइएको एमाले नेता भीम तामाङले जानकारी दिनुभयो। पहिरो प्रभावित बाबुराम बुढाथोकी, मेखबहादुर बुढाथोकी र लीलाबहादुर बुढाथोकीलाई प्रतिपरिवार ९ हजारका दरले रकम प्रदान गरिएको उहाँले बताउनुभयो। 

त्यस्तै पहिरो पीडित सोही स्थानका अन्य ७ घर परिवारलाई पनि ३ हजारका दरले आर्थिक सहयोग गरिएको पार्टी गाउँपालिका कमिटी अध्यक्ष पौडेलले बताउनुभयो । उहाँहरूलाई २१ हजार रुपैँया प्रदान गरिएको छ।