अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यातायातको मजदुरको प्रतिवद्धता : दशैंमा गन्तव्य स्थान ढाँटेर टिकट काट्दैनौ

यातायातको मजदुरको प्रतिवद्धता : दशैंमा गन्तव्य स्थान ढाँटेर टिकट काट्दैनौ



काठमाडौं – दशैं लगायत चाडपर्वका समय यात्रुहरुलाई प्रभावकारी सेवा प्रदान गर्न यातायात मजदुरहरुले प्रतिवद्धता जनाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संघले काठमाण्डौं उपत्यका भरीका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरुसंग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरि सबै मजदुरहरुलाई चाडका समय यात्रुहरुहरुलाई सहज र सरल यात्रा गराउने विषयमा प्रतिवद्धता जनाएको हो ।
शनिबार कोटेश्वरमा आयोजित कार्यक्रममा काठमाण्डौं उपत्यकाको चक्रपथ आसपासमा रहेका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरु र चालक सहचालकहरुलाई चाडपर्वका समय यात्रुहरुको सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा साझा प्रतिवद्धता गराइएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले अवधारणापत्र प्रस्तुत गर्दै निम्न अनुसारको प्रतिवद्धता जनाउनु भएको छ सम्पूर्ण बुकिङ मजदुरहरु यात्रुमैत्री व्यवहार प्रष्तुत गर्नेर्छौ । यात्रु तानातान गर्दैनौ । त्यस्ता कार्यलाई निरुत्साहित गर्नेछौ । तोकिएको वा निर्धारण गरिएको भन्दा बढी भाडा लिदैनौ । अशक्त, अपाङ्गता, जेष्ठ नागरिक, महिला र बालबालिकालाई सहयोग र सम्मान गर्छौं । परिचयपत्र तथा पोशाक लगाएर मात्रै काम गर्छौँ । काउन्टरमा शौचाललय, खानेपानी, यात्रुका लागि बस्ने व्यवस्था, इन्टरनेटको व्यवस्था गर्छौं । बुकिङ काउन्टरमा गन्तव्य स्थानको मात्रै नाम लेख्छौं । बीचबाटोमै यात्रु अलपत्र हुनेगरी गन्तव्य स्थान ढाँटेर टिकट काट्दैनौं । गाडी छुट्ने समय यात्रुलाई टिकट काट्ने समयमै स्पष्ट जानकारी गराउनेछौं । बुकिङ काउन्टरमा भाडा दररेटको सूचि राख्नेछौंं ।


राईले अगाडी भन्नुभयो यात्रुहरुको सेवाका लागि साझा प्रतिवद्धतामा काउन्टरमा डस्टबिन राख्नेछौं, सर्वसाधारणको आवागमनलाई असर पर्नेगरि काउन्टर आसपास सवारीसाधन राख्दैनौं । झुक्यानमा पारेर सिट नम्बर सहितको टिकट काटेर सिट नदिने जस्ता गलत काम गर्दैनौँ, सामाजिक दायित्व र सेवाभावले काम गर्नेछौँ ।
अध्यक्ष राईले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा प्रत्येक दिन उपत्यकाको आठवटा नाकाबाट ४ हजार ९ सय सवारीसाधनहरुले उपत्यका छाड्ने गरेको र प्रत्येकदिन ५५ देखि ७० हजार यात्रुहरुले यात्रा गर्ने गरेको र चाडका समय विशेषगरि घटस्थापनादेखि टिकाकोदिनसम्म करिव २० लाखले उपत्यका छाड्ने अनुमान रहेको र ति यात्रुहरुको सेवा मजदुरहरुको दायित्व रहेको राईले बताउनुभयो ।


कोटेश्वर, कलंकी, गौशाला, चावहिल, नयाँ बसपार्क, सातदोबाटो लगायतका काउन्टरहरुबाट सहभागी २ सय मजदुरहरुले संगठनका अध्यक्ष राईले प्रष्तुत गरेका प्रस्तावमा सहमति जनाउँदै यात्रुमैत्री व्यवहारका लागि साझा प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा काउठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी विश्वराज खड्काले ट्राफिक प्रहरीको काम जरिवाना गर्ने मात्रै होइन कानुनको पालना गराउने हो आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा हुने अप्रिय घटनाहरुलाई सबै मिलेर निरुत्साहित गर्नु पर्ने बताउनुभयो ।
एसपी खड्काले भन्नुभयो सबै क्षेत्रमा समस्याहरु छन पीडा छन् मजदुरको धेरै समस्याहरु छन्, व्यवसायीहरुका समस्याहरु छन् ट्राफिकका पनि आफ्नै पीडाहरुछन् तर यो चाडकोबेला जनताको समस्या महत्वपूर्ण हो र चाडका समय यात्रुहरुको गतिशिलता धेरै हुन्छ यस्तोबेला यातायात मजदुरले आफ्नो सेवालाई प्रभावकारी बनाउनु पर्छ, कुनै पनि असज घटना हुन दिनुहुदैन ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक हिमाल थापाले चाडको बेला सवारीको चाप बढीहुनेगरेकाले दुर्घटना निम्तिने खतरा हुने भएकाले चाडका बेला सडक सुरक्षाका बारे अनुशिक्षण गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका सल्लाहकार डोलनाथ खनाल लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काठमाण्डौं उपत्यका बुकिङ कमिटीका अध्यक्ष घनेन्द्र विष्टले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सल्लाहकार देविन श्रेष्ठ र स्वागत मन्तव्य प्रविण कार्कीले गर्नुभएको थियो ।