अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री डा. राणा न्यूयोर्कमा

परराष्ट्रमन्त्री डा. राणा न्यूयोर्कमा


अमेरिका-संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुग्नुभएको छ । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उहाँ न्युयोर्क आउनुभएको हो।

मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उहाँ न्युयोर्क आउनुभएको हो।

मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुहुने राष्ट्रसङ्घका विभिन्न फोरममा सहभागिता जनाउनु हुनेछ । उहाँले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ।