अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नगरकोटमा कार दुर्घटना हुँदा ७ जना घाइते

नगरकोटमा कार दुर्घटना हुँदा ७ जना घाइते


काठमाडौँ-भक्तपुरमा कार दुर्घटना हुँदा सातजना घाइते भएका छन्। शनिबार साँझ नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार दुर्घटना हुँदा सातजना घाइते भएका प्रहरीले जनाएको छ। 

नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका-८ सुडाल हनुमान चोकमा बा.१८च. २५११ नम्बरको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ। 

झापा दमक नगरपालिका–१० घरभएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कार दुर्घटना हुँदा तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका र उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको जिल्ला प्रहरी परीसर भक्तपुरका प्रहरी नायव उपरीक्षक मोहनमाणि अधिकारीले जानकारी दिए। रासस