अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ देखि

दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ देखि


काठमाडौं-दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच शनिबार भएको बैठकले घटस्थापनाभन्दा एक हप्ताअघि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ। बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापना अगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ।

बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिनुभयो।

सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने भएको छ। वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने निर्णय भएको छ।