अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-लिम्चुङबुङ समन्वय समाजको अध्यक्षमा काजी बहादुर राई

काठमाडौं-लिम्चुङबुङ समन्वय समाजको अध्यक्षमा काजी बहादुर राई


काठमाडौं-लिम्चुङबुङ समन्वय समाजको अध्यक्षमा काजी बहादुर राई चयन हुनुभएको छ। भदौ ५ गते सुकेधारा, काठमाडौंमा प्रथम साधरण सभाले राईको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

यस्तै काठमाडौं-लिम्चुङबुङ समन्वय समाजको उपाध्यक्षमा हिरा देवी राई, सचिवमा रविन्द्र राई, सहसचिवमा खिलराज राउत र कोषाध्यक्ष रन्जना राई चयन हुनुभएको छ।

काठमाडौं-लिम्चुङबुङ समन्वय समाजको प्रथम साधरण सभा समाजका अध्यक्ष टबिन्द्र राईको अध्यक्षतामा संचालित कार्यक्रममा लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष मेजर कुमार राई प्रमुख अतिथि हुनुहुन्थ्यो। विशिष्ट अतिथि देवराज राई उपस्थित हुन सक्नु भएन।

यसैगरी अतिथिहरुमा लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पलाल राई, समाजका सल्लाहकार चित्र कुमार राई, नेपालकाे संविधान निर्माणका मस्यौदाकार तथा समाजका सल्लाहकार अधिवक्ता शान्ति कुमारी राई, समाजसेवीहरु दिपक गाेरखाली, शान्त कुमार राई, मेम्बर राई, रण बहादुर राई, चाम्लिक भाषाविद्व विजय बलम्ताली, उदयपुरे चाम्लिङ राई समाजका अध्यक्ष रबि कुमार राई, बलम्ताली युवा समाजका अध्यक्ष सन्देश राई रहनुभएको थियो।

‘समृद्ध लिम्चुबुङ गाउँपालिका, सुखी लिम्चुबुङबासी’ मूल उद्देश्यले काठमाडौं-लिम्चुङबुङ समन्वय समाज स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष काजी बहादुर राईले बताउनुभयो। सुशासन, विकास र लिम्चुबुङ समृद्धि हासिल गर्ने संकल्प रहेको उहाँले बताउनु भयो।

राजनीतिक तथा प्रशासनिक नेतृत्वको स्वच्छाचारी प्रवृत्ति हाबी हुँदा न्यून संख्यामा सिर्जना भएका रोजगारीका अवसरको पनि
न्यायोचित वितरण हुन नसकेकोले लिम्चुङबुङ समन्वय समाज खडा गर्नु परेको अध्यक्ष राईले बताउनुभयो। उहाँले यी विविध कारणहरूले गर्दा लिम्चुबुङमा विकास, पारदर्शिता, सुशासन, र राष्ट्रिय तथा नागरिकको समृद्धिको सुनिश्चितता चुनौतीपूर्ण भएको पनि बताउनुभयो।

अध्यक्ष राईले चाडै विधान बनाएर स‍ंस्था दर्ता गर्ने काम गर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘लिम्चुङबुङ गाउँपालिका भित्र पर्ने ५ वटा वडाका जनताहरुका हकहित र विकासका योजनाहरुको सदुपयोग हुने खालको विधान तयार गर्ने छौं। सोही विधानमा भित्र रहेर गाउँपालिका भित्र हुने गरेको भ्रष्टचार, अनियमिता जस्ता क्रियाकलापको निगरानी गर्ने छौं।’

विभिन्न अवससरहरुको खोजीमा पेशा, व्यवसाय, रोजगारी, जागिर, दैनिक जेलादारी र अध्यनको सिलसिलामा लिम्चुङबुङ गाउँपालिका उदयपुरदेखि काठमाडौं उपत्यकाको तीन जिल्ला भरी छरिएर अस्थायी बसोबास गरिरहनु हुने अधिकांश लिम्चुङबुङ गाउँपालिका बासीहरुको बाक्लो उपस्थितिमा भव्य ढंगले साधरण सभा सम्पन्न भयो अध्यक्ष राईले बताउनु भयो।

पालिकाको भौतिक पूर्वाधार, शैक्षिक गतिविधि, स्वास्थ्य, सडकको विकास र कृषि, पर्यटन जस्ता आर्थिक उपार्जन साथै बसाइसराइदेखि विदेश पलायनबारे पालिका प्रमुख मेजर कुमार राई र उपप्रमुखसँग युवाहरू सुन सेर राई, मेक्सन राई, खिलराज राउत, राजु राई अन्य थुप्रै उपस्थितले कसरी सामधान गर्न सकिन्छ भनेर प्रश्न गर्नुभएको थियो।

लिम्चुङबुङ गाउँपालिका कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित छ। यस गाउँपलिकाको नाम साविकको सुनकोशी भएतापनि स्थानीय सरकार संचालन ऐन-२०७४, बमोजिम गाउँपलिकको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो। यो गाउँपालिकामा हाल बास्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ बटा वडाहरु रहेको छ। सोही गाउँपालिकाको केन्द्र बाराहामा अवस्थित रहेको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल १०६.८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ।