अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक


हेटौँडा-बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ।

आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो। प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र थपलिया तथा सांसदहरुको उपस्थितिमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री लामाले नागरिकको आकांक्षा र महत्वकांक्षालाई समेट्ने गरी सरकार अघि बढेको छ। सरकारले न्यूनतम साझा कार्यक्रमले विकास निर्माण र नागरिकको आवश्यकतालाई समेट्ने काम गरेको उहाँले बताउनु भयो।

एमाले दलका नेता थपलियाले प्रदेशका नागरिकहरूको आकांक्षा सम्बोधन गर्न सरकारले प्रयत्न गरेको बताउनु भयो। सरकार नतिजामुखी ढङ्गबाट योजना कार्यान्वयनमा साझा सवाल र मुद्दा तयार गरेर अघि बढेको उहाँले बताउनु भयो।