अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन


काठमाडौं-गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ।

मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरालाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो।

आइतबार प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पठाउँदै गृहमन्त्री लेखकले तत्काल कार्यान्वयनका लागि निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

सहकारी छानबिन समितिले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहित पूर्वडीआईजी छविलाल जोशी, कुमार रम्तेल र जीबी राईलाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ। उनीहरुले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको छानबिन समितिको निष्कर्ष छ। प्रतिवेदन बुझेकै दिन सभामुखले कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए। मन्त्रिपरिषद् बैठकले पनि उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै गृह मन्त्रालयमा पठाएको छ।

समितिले गत सोमबार संसदमा उक्त प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझेकै दिन सभामुखले कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए। मन्त्रिपरिषद् बैठकले पनि उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै गृह मन्त्रालयमा पठाएको छ।