अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी ठगी प्रकरणमा पूर्व डिआइजी छविलाल जोशी पक्राउ

सहकारी ठगी प्रकरणमा पूर्व डिआइजी छविलाल जोशी पक्राउ


काठमाडौं-सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन्।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी जोशीलाई पक्राउ गरेको हो।  

जोशीलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयका प्रहरी उच्च स्रोतले जानकारी दियो।

गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिनुभएको थियो। लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो।

प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ। जोशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।