अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन ६ सदस्यीय कार्यदल गठन

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन ६ सदस्यीय कार्यदल गठन


विराटनगर-कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तापक्षको संयुक्त संसदीय दलको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो।

कांग्रेस र एमालेको कोशी प्रदेश संसदीय दलको संयुक्त बैठकले गठन गरेको कार्यदलमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानासहित नेकपा एमालेको तर्फबाट कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक रहनु भएको छ। यस्तै काँग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ रहनु भएको छ।

कार्यदललाई कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न असोज २३ गतेसम्मको समय दिइएको नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता उद्धव थापा, एमाले उपनेता तील कुमार मेयाङ्बो लगायतको उपस्थिति रहेको थियो।