अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


पोखरा-पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीले उनलाई ५ दिनको म्याद थप गराएको हो। अदालतले म्याद थप गरेसँगै जोशीमाथि अनुसन्धान सुरु भएको छ। जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुनेछ। जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो।