अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा नेपालीमाझ प्रधानमन्त्री ओलीले भन्नुभयो: गणतन्त्र मास्ने कुरा सोच्न पनि सकिँदैन

अमेरिकामा नेपालीमाझ प्रधानमन्त्री ओलीले भन्नुभयो: गणतन्त्र मास्ने कुरा सोच्न पनि सकिँदैन


न्युयोर्क (अमेरिका)-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिहरू कसैले पनि सजिलैसँग मास्न नसक्ने बताउनु भएको छ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपाली समुदायसँगको भेटमा यस्तो बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा क्रममा देखिएका कमीकमजोरीहरूलाई सच्याउने गरी संविधान संशोधनको विषयमा छलफल भइरहे पनि लोकतान्त्रिक मूल्यमान्यता, संघीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा कुनै हेरफेर नहुने बताउनु भयो।

प्रधानमन्त्री ओलीले नेपालमा अहिले सजिलै संविधान संशोधन गर्न सक्ने अवस्था समेत नभएको बताउनु भयो । उहाँले संविधान संशोधनको विषयमा दलहरुबीच आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन सहज नभएको बताउनु भयो।