अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो, प्रतितोला कति पुग्यो ?


काठमाडौं-नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ। पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (मंगलबार) नयाँ कीर्तिमान बनाएको हो। आज सुनको मूल्य ५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ।

यो हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन चाँदीको मूल्य भने घटेको छ। यो दिन चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको हो।