अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धुलिखेलबाट पाँचखाल जाँदै गरेको काभ्रेमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

धुलिखेलबाट पाँचखाल जाँदै गरेको काभ्रेमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


 काभ्रे-काभ्रेको पाँचखाल नगरपालिका-५, सैतिस किलो केराघारीस्थित अरनिको राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा ५ ख १२८१ नम्बरको ट्रक बिहीबार दिउँसो आफैं अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएका चालक सिन्धुलीको मरिण गाउँपालिका-१ का २८ वर्षका रमेश ठाडाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।