अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपतिले आयोजना गरेको स्वागत समारोहमा  सहभागी

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपतिले आयोजना गरेको स्वागत समारोहमा  सहभागी


काठमाडौँ-संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको  स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको छ।

संयुक्त राष्ट्र संघको ७९ औँ महासभाको शिलशिलामा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका उहाँको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री ओलीले गएराति महासभालाई सम्बोधन समेत गर्नुभएको थियो । सो क्रममा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको थियो।

प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबिचको विरोधाभासमा रहेको उल्लेख गर्नुभगो।