अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैन: पर्यटनमन्त्री पाण्डे

काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैन: पर्यटनमन्त्री पाण्डे


काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताउनु भएको छ। पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो।

उहाँले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने जिकिर गर्नुभयो। कोही पनि निकायको प्रमुखहरुले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको बताउनु भयो। उहाँले विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढिरहेको पनि बताउनु भयो।

उहाँले जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको बताउनु भयो। मन्त्री पाण्डेले निजी क्षेत्र अघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो। उहाँले निजी क्षेत्र अघिअघि र मन्त्रालय पछिपछि रहने बताउनु भयो । मन्त्री पाण्डेले हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानून बनाउने अधिवेशन हुने र हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताउनु भयो।