अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि नौबिसे-काठमाडौं सडक अवरुद्ध

अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि नौबिसे-काठमाडौं सडक अवरुद्ध


काठमाडौं-पहिरोका कारण नौविसे-काठमाडौं सडक अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको हो। नौबिसेस्थित सुरुङमार्ग नजिक पहिरो गएको हो। सडक अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन्।

मौसम विज्ञान विभागले आइतबारसम्म भारी वर्षा रहेको बताएपछि बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई दिन रात्रिकालिन बस सञ्चालन नगर्न आग्रह गरेको छ। यस्तै जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि भनेको छ। मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिममा रहेको भन्दै सावधानी अपनाउन भनिसकेको छ।

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। हालसम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ। अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ।