अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह


काठमाडौं-निरन्तरको वर्षासँगै काठमाडौँको बागमती नदीले जलसतह पार गरेको छ। काठमाडौँ उपत्यकामा पर्ने खोकना, गौरीघाट, बल्खु, बलम्बु  खोलामा जलसतह तर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

शुक्रबार जलसतह उच्च रहेको बताउँदै विभागले नदी आसपासमा डुबानको खतरा देखिएको जानकारी गराएको छ। जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ। 

‘काठमाडौँ उपत्यकास्थित बागमती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको र बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरूले राती सम्मै उच्च सतर्कता अपनाऔँ,’ विभागको सूचनामा भनिएको छ।

बिहीबार रातिदेखि नै परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ।