अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज राति नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी चलाउन रोक

आज राति नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी चलाउन रोक


काठमाडौं-अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन नपाइने भएको छ।

बिहीबार रातिदेखि निरन्तर परेको वर्षाका कारण भइपरि आउने जोखिम न्यूनीकरणका लागि रातको समयमा सवारी चलाउन नदिइने भएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ।

समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने जानकारी दिनुभयो। अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन्।

नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिनुभयो । शुक्रबार दिनभर खासै सडकखण्ड अवरुद्ध नभए पनि सम्भावित जोखिम भने छ।