अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वनस्थलीमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता 

वनस्थलीमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता 


काठमाडौँ-काठमाडौँ महानगरपालिका-१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। ढलमा खसेको मोटरसाइकल र चालकलाई बाढीले बगाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिनुभयो। 

उहाँका अनुसार आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो। उहाँका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ वेपत्ता छन् । हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ढलबाट निकालिए पनि चालक बेपत्ता भएकोले गर्दा खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो।

मोटरसाइकलमा चालक मात्रै थिए या पछाडि अरू कोही पनि सवार थिए भन्नेबारे नखुलेको प्रहरीको भनाइ छ।