अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथरको फिदिममा पहिरोले घर पुरिदा एकै परिवारका दुईजनाको मृत्यु

पाँचथरको फिदिममा पहिरोले घर पुरिदा एकै परिवारका दुईजनाको मृत्यु


पाँचथर – तीनदिन देखिको लगातार वर्षाका कारण पाँचथरमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
फिदिम नगरपालिका – ४ चिसापानीमा रहेको आदिवासी जनजातीको भवन छेउको घरमा गएराति पहिरोले पुरिँदा २४ वर्षिय सपना शेर्पा र ५ वर्षिय डोल्मा शेर्पाको मृत्यु भएको फिदिम नगरप्रहरी प्रमुख सुजन पुरीले जानकारी दिनुभयो । घरमा के को थिए भन्नेबारेमा बिस्तृत विवरण आउन बाँकी रहेको पुरीले बताउनुभयो ।

पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइँदै छ ।