अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


चितवन-पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षासँगै आज बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो।

प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवका अनुसार बिहान ४ बजे पहिरो खसेको हो। पहिरो पन्छाउने काम सुरु गरिएको छ। दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको उहाँले जानकारी दिनुभयो। यस्तै इच्छाकामना गाउँपालिका-३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेको उहाँले बताउनुभयो। यादवका अनुसार सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। यसैबीच नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ। निरन्तरको वर्षाका कारण सडक भासिन पुगेको हो ।