अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी पहिरो पिडितको उद्धार तथा राहातमा खट्न सुरक्षाका तीनवटै निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन

बाढी पहिरो पिडितको उद्धार तथा राहातमा खट्न सुरक्षाका तीनवटै निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं -संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जानु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधनसहित खट्न निर्देशन दिनुभएको छ । गृहमन्त्री रमेश लेखकलाई फोन गरेर बाढी पहिरो र डुबानबाट भएको क्षतिबारे जानकारी लिंदै उहाँले तीनवटै सुरक्षा निकायलाई उद्धारमा परिचालन गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ‘आज पनि देशैभर अविरल बर्षा भइरहेको छ । बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ ।