अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मौसममा आजबाट सुधार : केही प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने

मौसममा आजबाट सुधार : केही प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने


काठमाडौं -आज देखि मौसम सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार आइतबार भारी वर्षाको सम्भावना छैन। बिहीबार रातिदेखिको वर्षा शनिबार बेलुकादेखि रोकिएको थियो।

यद्यपि मनसुनी वायुसँगै भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ।

त्यसको प्रभावले आइतबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली भई कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।