अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ग्लोबल आईएमई बैंकका सबै शाखाबाट सुकिला नोट साट्न पाइने

ग्लोबल आईएमई बैंकका सबै शाखाबाट सुकिला नोट साट्न पाइने


काठमाडौं-२०८१ सालको दशैंलाई लक्षित गर्दै ग्लोबल आईएमई बैंकले आफ्ना सबै शाखामार्फत सुकिला नोट सटहीको व्यवस्था गरेको छ। बैंकले सोमबार, बिहीबार बिहान ११ बजेदेखि दिँउसो ३ बजेसम्म र शुक्रबार बिहान ११ बजेदेखि दिँउसो १ बजेसम्म सफा नोट सटही गर्ने सुविधा दिने भएकाे छ।

बैंकले आफ्ना ग्राहकहरुलाई असोज १३ देखि २३ गतेसम्म सार्वजनिक बिदाको दिन बाहेक नयाँ सफा नोट सटहीको सुविधा दिने जनाएको छ। बैंकले देशभर रहेका आफ्ना शाखाहरुबाट साना दरका ५, १०, २०, ५० र १०० सय रुपैयाँका प्रतिव्यक्ति १८ हजार ५ सयसम्म सुकिलो साट्ने व्यवस्था मिलाएको हो।

नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ ।आज (असोज १३ गतेदेखि २२) गतेसम्म सफा नोट साट्न सकिनेछ।