अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहुलियत दरमा सेवा दिन एयरलाइन्सलाई प्रधानमन्त्री ओलीको आग्रह

सहुलियत दरमा सेवा दिन एयरलाइन्सलाई प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न हवाई कम्पनीहरूलाई आग्रह गर्नुभएको छ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा अमेरिकामा रहनु भएका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सुनिएको उल्लेख गर्दै सहुलियत भाडा लिन आग्रह गर्नुभएको हो।

 अत्यावश्यक यात्रामा देखिएको अप्ठेरोप्रति ध्यानाकर्षण गर्दै उहाँले हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सुनिएको बताउनु भएको छ।

प्रधानमन्त्री ओली भन्नुभएको छ, ‘लगातारको वर्षा र बाढीपहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ। नेपाल सरकार, पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ। हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ।’

यस्तै नेपाल सरकार पर्यटन मन्त्रालयले हवाई यात्रुहरूको सुविधाका लागि विशेष निर्णय गरेको र उद्धार उडानको लागि आवश्यक तयारी गरिएको जनाएको छ। प्रधानमन्त्री ओलीले यस प्राकृतिक विपत्तिलाई सबैले मिलेर सामना गर्नु पर्नेमा जोड दिँदै सरकारको तर्फबाट उद्धार र राहतका कामलाई तीव्रता दिने प्रतिबद्धता जनाउनु भएको छ।

देशको विभिन्न भागमा बाढी पहिरोको कारण जनजीवन प्रभावित भइरहेको समयमा प्रधानमन्त्रीको यो सन्देशले हवाई सेवा प्रदायक कम्पनीहरूलाई राहत दिने अपेक्षा गरिएको छ।