अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशमा विपद्को क्षति बारे मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखलाई जानकारी

कोशी प्रदेशमा विपद्को क्षति बारे मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखलाई जानकारी


विराटनगर-कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुबानका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई जानकारी गराउनुभएको छ।

वर्षाका कारण भएको विपद सम्बन्धी घटनाहरु र विपद व्यवस्थापनका सम्बन्धमा कोशी प्रदेश सरकारले गरेका पहलकद्मीका सन्दर्भमा र कोशी प्रदेश सरकार मन्त्रीपरिषद बाट सम्पादन भएका काम कारवाहीका सम्बन्धमा आज कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराउनु भएको हो।

मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई समय समयमा प्रदेश सरकारका गतिबिधि जानकारी गराउनु पर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले आज प्रदेश प्रमुख खापुङलाई जानकारी गराउनुभएको हो।

मुख्यमन्त्री कार्कीले हिजो कोशी ब्यारेज तथा बराह क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो। सोही क्रममा कोशी प्रदेशमा राहत, पुनस्थापना र उद्धारका लागि तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्र्देशन दिनुभएको थियो। उद्धार, राहत र पुनस्थापनाका लागि प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढिरहेको मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराउनुभएको छ।