अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीपहिरो र दुबानमा परी देशभर १७० जनाको मृत्यु

बाढीपहिरो र दुबानमा परी देशभर १७० जनाको मृत्यु


काठमाडौँ-बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १७० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको जनाएको हो।

प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितहरूको उद्धार गरिएको जानकारी दिनुभयो। 

आइतबार काभ्रेपलान्चोक, सिन्धुली, ललितपुर लगायतका जिल्लाको विभिन्न स्थानबाट विपद्का कारण घाइते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिनुका साथै खाद्यान्न लगायतका आपत्कालीन राहत सामाग्रीहरू उपलब्ध गराइएको उहाँले बताउनु भयो ।

मन्त्रालयले खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइने जनाएको छ । सम्बद्ध निकायहरूसँग समन्वय गरी अवरुद्ध राजमार्गहरू तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको मन्त्रालयको भनाइ छ ।