अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक खुलाउने विषय पहिलो प्राथमिकता: भौतिकमन्त्री दाहाल

सडक खुलाउने विषय पहिलो प्राथमिकता: भौतिकमन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अवरुद्ध यातायात खुलाउने विषय अहिलेको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ।

आइतबार मन्त्रालयमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुसँगको छलफलमा उहाँले बाढी र पहिरोले भत्किएका सडक मर्मत एवं पहिरो पन्छाई यातायातलाई सहज बनाउन मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको हो।

पुल क्षतिग्रस्त भएका स्थानमा बेलिब्रीज राखेर तथा अन्य विकल्पहरुको पहिचान गरी आवागमन सहज बनाउन सडक विभाग मार्फत काम अघि बढाइएको समेत उहाँले जनाउनु भयो। यस्तै मन्त्री दाहालले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ।

ताप्लेजुङकी सांसद उर्मिला थेवे, खोटाङका पूर्व सांसद विशाल भट्टराई लगायतको प्रतिनिधि मण्डलसँग मन्त्री दाहालले छलफल गर्नु भएको हो। मन्त्रालयका सचिव केशवकुमार शर्माले पहिरो पन्छाउने र सडक खुलाउने कार्यका लागि देशैभरिका आवश्यक स्थानमा प्राविधिक, जनशक्ति तथा उपकरण परिचालन गरिएको बताउनुभयो। यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले विभागले विभिन्न निकायहरु समन्वय गरेर सडकको अवरोध हटाउने कार्य गरिरहेको बताउनुभयो।