अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै हुनुहुन्छ । प्रधानमन्त्री ओली अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क जानु भएको थियो ।

त्यहाँ पुगेलगत्तै विभिन्न छलफलमा भाग लिनु भएका प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्नु भएको थियो ।