अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

कोशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने


विराटनगर-कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ।  प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औंधोगिक वातावरण बनेको सन्देश दिन लगानी सम्मेलन गर्न लागेको हो।

आइतबार कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो। निजी क्षेत्रको सहकार्य र समन्वयमा यो सम्मेलन गर्ने तयारी सरकारको छ। कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियो। सोही अनुसार यो कार्यक्रमलाई अगाडि बढाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश लगानी प्राधिकरणले यसको आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ। प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न करिब ३ करोड बजेट छुट्याएको छ। लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ। प्रदेशका सम्भावित आयोजननको क्षेत्र पहिचान गरी ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघलर स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्नेछ।