अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर

दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर


काठमाडौं-साइबर अपराको आरोपमा पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्वा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा मुद्वा दायर गरेको हो। प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको बताइएको छ।

प्रसाईलाई असोज ६ गते प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको थियो। प्रसाईंसँगै पक्राउ पुर्जी भएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार हुनुहुन्छ।

प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन्। युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ। अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका छन्।