अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म संयुक्त राष्ट्रसंघको महासभामा भैँसी दुहुन गएर दूध लिएर आएको होइन: प्रधानमन्त्री ओली

म संयुक्त राष्ट्रसंघको महासभामा भैँसी दुहुन गएर दूध लिएर आएको होइन: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्माओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताउनु भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिनुभएको हो।

तपाईंको न्युयोर्क यात्राले मुलुकलाई के अर्थ राख्यो? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म कुनै भैंसी दुहुन गएर दुध लिएर आएँ भनेजस्तो होइन। म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो। राखियो।’

उहाँले समस्याहरू हाम्रो देशका मात्र नभएको भन्दै विश्वव्यापी समस्याका बारेमा जानकारी गराएको बताउनु भयो।

‘ग्लोबल समस्या भएकाले सबै मिलेर गर्नुपर्छ। त्यसरी नै अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ क्षति पुर्‍याउने कुरामा हात नभए पनि बढी मार सहनुपरेको छ। त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ’, उहाँले संयुक्त राष्ट्रसंघको महासभा र साइडलाइन भेटवार्ताहरूबारे जानकारी दिँदै भन्नुभयो, ‘जसले बढी बिगारेको छ उसले बढी क्षतिपूर्ति र सपार्न पनि लगानी गर्नुपर्छ भनिएको छ।’

पत्रकार सम्मेलनमा भ्रमणबारे परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो। त्यसक्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता र उपस्थिति उपलब्धिमूलक रहेको बताइएको छ।  संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुभएको थियो।