अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौँ-नेकपा एमालेले केन्द्रीय सचिवालय र संसदीय दलको छुट्टाछुट्टै बैठक बोलाएको छ। 

प्रमुख सत्ता साझेदार दल एमालेले बिहान ११ बजे  पार्टी सचिवालय र दिउँसो १२ बजे संसदीय दलको बैठक डाकेको हो। 

सचिवालय बैठक सिंहदरबार नजिकै रहेको बसेरा होटलमा बस्ने गरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो।

 उहाँका अनुसार गत शनिवार आएको अविरल बाढीका कारण केन्द्रीय कार्यालयमा क्षति भएपछि सचिवालय बैठक बसेरा होटलमा बस्नेगरी बोलाएको अधिकारीले जानकरी दिनुभयो। त्यसैगरी संसदीय दलको बैठक सिहंदरबारमा बस्ने गरी बोलाइएको एक सांसदले जानकारी दिनुभयो।

 दुवै बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो अमेरिका भ्रमण, बाढीपहिरोलगायतबाट मुलुकमा भएको क्षति, राहत, उद्धार तथा पुनर्निर्माण लगायतका विषयमा आवश्यक निर्देशन दिने बताइएको छ। 

दलको बैठकमार्फत बाढीपहिरो तथा डुवान पीडितलाई सांसदहरूको पारिश्रमिकबाट केही रकम राहत कोषमा जम्मा गर्ने निर्णय गर्नसक्ने एक सांसदले जानकारी दिनुभयो।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार अमेरिकाबाट फर्किनु भएको थियो। फर्किएलगत्तै उहाँले पार्टीको छुट्टाछुट्टै कमिटीको बैठक बोलाउनु भएको हो। यसअघि सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बाढी र पहिरोबाट निधन भएकाहरूको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो।