अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्नुहुँदै

प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्नुहुँदै


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ।

मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीको पत्रकार सम्मेलन तय भएको ओलीको सचिवालयले जनाएको छ। असोज १० देखि १२ गतेसम्म परेको वर्षाले काठमाडौँ उपत्यकासहितका जिल्लामा जनधनको ठुलो क्षति भएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत राहत प्याकेज घोषणा गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरणसमेत सार्वजनिक गर्ने र राहत प्याकेज घोषणा गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको  छ। 

प्रधानमन्त्री ओली १० दिन लामो अमेरिका भ्रमण सकेर सोमबार साँझ काठमाडौँ आइपुग्नु भएको हो। प्रधानमन्त्री ओली सोमबार अमेरिका भ्रमण सकेर स्वदेश फिर्ता भएलगत्तै मन्त्रिपरिषद् बैठक राखेर विपत्तिमा निधन भएका परिवारका सदस्यलाई कार्यविधि अनुसार जनही दुई लाखका दरले सहायता उपलब्ध गराउने निर्णय गरेको थियो।  त्यसबाहेक प्रधानमन्त्रीसहित मन्त्रीहरूको १ महिनाको तलब राहतकोषमा जम्मा गर्ने र आजबाट तीन दिन राष्ट्रिय शोक घोषणासहित आधा राष्ट्रिय झण्डै झुकाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।