अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्षले हङकङबाट पठाउनुभयो राजीनामा

स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्षले हङकङबाट पठाउनुभयो राजीनामा


ताप्लेजुङ-विगत ११ महिनादेखि हङकङमा रहनुभएका सिरिजङ्घा गाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ।

वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उहाँले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो।

विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उहाँले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गर्नुभएको जिल्ला निर्वाचन आयोगले जनाएको छ।

हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए।